अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक व्यक्तिको जीवनशैली सम्बन्धी कानून बनाइयोस् : सुनिता बराल

राजनीतिक व्यक्तिको जीवनशैली सम्बन्धी कानून बनाइयोस् : सुनिता बराल


काठमाडौं – नेकपा एमालेकी सांसद् सुनिता बरालले राजनीतिक व्यक्तिहरुले राजनीतिलाई बदनाम गराएको बताउनुभएकाे छ।

आज बसेकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् बाेल्दै सांसद् बरालले राजनीतिक व्यक्तिले कस्तो जीवनशैली अपनाउने भन्ने सम्बन्धमा कानून बनाउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे।

उहाँले भन्नुभयाे, ‘राजनीतिक व्यवस्था नै बदनाम हुने अवस्थालाई जोगाउनका लागि राजनीतिक व्यक्तिहरुको जीवनशैलीसम्बन्धी कानून बनाउन आवश्यक देखिएको छ, यो कानून बनाउने कुरामा यो सम्मानित सदनलाई विशेष ध्यानाकर्षण गराइयोस् भन्ने कुरा माग गर्न चाहान्छु।’

उहाँले भन्नुभयाे, ‘सदाचार सस्कृति लोकतन्त्रको प्राण हो, आज भोलिको घटनाका सन्दर्भ हेर्दा लोकतन्त्रका लागि लड्ने राजनीतिप्रति जनतामा घृणा उत्पन्न भएको छ, इमान्दार, क्षमतावानहरु व्यक्तिहरु विस्तापित हुने अवस्था छ, तसर्थ भ्रष्ट्रचारका अनेक छिद्र बनेका कानुन संशोधन गरियोस् ।’