काठमाडौं – नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा एमाले मूलकमा सुशासन, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका पक्षमा दृढ अडानका साथ काम गर्ने पार्टी भएको बताउनुभएको छ।
राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलकको विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताउनुभयो भयो । स्वतन्त्रता, स्वाभिमान र सामाजिक सुरक्षामा चौतर्फी आक्रमणको प्रयास भइरहेको बेला एमाले माथि आक्रमण भइरहेको उहाँले बताउनुभयो।
महासचिव पोखरेलले भन्नुभयो, ‘मुलुकका भ्रष्ट र कमिसन खोरहरूले नेकपा एमालेलाई लाञ्छित गर्ने कुचेष्टा गरिरहेका छन्। हरेक घटनाका सन्दर्भमा निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न यो सरकार के आँट गर्दछ ? नेकपा एमाले त्यसमा सहयोग गर्न तयार छ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा देश बदनाम भएको पोखरेलले बताउनुभयो । सो घटनामा गल्ती एउटाले गर्ने दोष अर्कालाई लगाउने प्रयत्न भएको भदै उहाँले आलोचना गर्नुभयो।
परमादेश सरकार बनेपछि गृह मन्त्रालयको जिम्मेवारी लिएकाले नक्कली भुटानी शरणार्थी बनाएर रकम असुल्ने काम गरेका उहाँले बताउनुभयो । आज जो भ्रष्ट छन् उनीहरूकै ठूलो स्वर भएको उहाँले प्रष्ट पार्नुभयो।
नक्कली शरणार्थी प्रकरणमा जो जो संलग्न छन् उनीहरूलाई कडा भन्दा कडा कारबाही हुनु पर्दछ भन्ने एमालेको मान्यता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज उनीहरूकै स्वर ठूलो छ, जो नेपालमा भ्रष्टताको लागि कुख्यात छन्, उनीहरू आज भ्रष्टाचार विरोधी नेता जस्तो बन्न खोजिरहेका छन् ।’
नेकपा एमाले सकारमा हुँदा थुप्रै विकास र समृद्धिका काम गरेको उहाँले उदाहरण पेस गर्नुभयो । यसका साथै राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पक्षमा पनि एमाले नेतृत्वको सरकारले अनेक काम गरेको उहाँले स्पष्ट पार्नुभयो । विकास कस्तो हुन्छ भन्ने कुरा एमाले सरकारमा रहँदा देखाएको उहाँले दाबी गर्नुभयो ।
एमाले सरकारबाट हट्ने बित्तिकै सबै विकासका योजना कटौती गरेको उहाँले प्रष्ट पार्नुभयो। कायरहरूले एमालेलाई रोक्न गठबन्धन गरेको उहाँले बताउनुभयो । एमाले विरुद्ध गठबन्धन गरेर चुनावमा गएका कायरहरू बहुमत पनि गुमाएर फर्किएका उहाँले पोखरेलको भनाइ छ ।






प्रतिक्रिया