काठमाडाैं – नेकपा एमालेकाे संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गर्नुभएकाे छ।
राष्ट्रिय युवा संघ नेपालकाे स्थापना दिवसकाे अवसरमा आयाेजिक कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष थेबेले यस्तो बताउनु भएको हो।
उहाँले भन्नुभयो, ‘सीमित व्यक्तिकाे फाइदाका लागि नेपाली नागरिककाे पहिचान र राष्ट्रियता नै परिवर्तन गरेर गरिएकाे मानव तस्करी जस्ताे भ्रष्टाचार मुद्दाकाे निष्पक्ष छानबिन गरी दाेषीलाई कडा भन्दा कडा कारबाही होस्।’
निर्दाेषलाई फसाउन खाेजे एमाले र युवा संघलाई सह्य नहुने उहाँले बताउनुभयाे । यस प्रकरणमा एमाले विरुद्ध घेराबन्दी गर्ने, जबरजस्ती फसाउन खाेज्ने, तानाबाना बुन्ने, झुठा लाञ्छना र बाेल्न लगाउने प्रयास भइरहेकाे भन्दै अध्यक्ष थेबेले एमाले विरुद्ध प्रहार गरेर निर्दाेषलाई फसाउने चेष्टा नगर्न चेतावनी दिनुभयाे ।
दाेषी काेही नछुटुन र निर्दाेष काेही नफसून भन्ने कुरालाई मूलमन्त्र बनाएर युवा संघ अघि बढेकाे भन्दै उहाँले युवासंघ हरेक भ्रष्टाचार विरुद्ध र सुशासनकाे पक्षमा सधैं उभिँदै आएकाे बताउनुभयाे । अध्यक्ष थेबेले आज पनि भ्रष्टाचार विरुद्ध मार्चपास गरिएकाे बताउनुभयाे ।
लडाकु शिविर (क्यान्टोनमेन्ट) मा भएकाे अरबाैंकाे भ्रष्टाचार भयाे भनेर आवा उठाउँदै त्यसविरुद्ध आवाज उठाउने र अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा मुद्दा दर्ता गराउने पहिलाे संगठन युवा संघ भएकाे अध्यक्ष थेबेले बताउनुभयाे ।






प्रतिक्रिया