अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा केन्द्रीय समिति बैठक : आज तीन प्रतिवेदनमाथि छलफल हुने

राप्रपा केन्द्रीय समिति बैठक : आज तीन प्रतिवेदनमाथि छलफल हुने


काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । 

हिजोबाट सुरु भएको बैठकमा आज अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन प्रतिवेदनमाथि छलफल हुनेछ । 

अध्यक्ष लिङ्देनले हिजोको बैठकमा पेश गरेको  ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनमाथि आज छलफल हुनेछ ।  

यस्तै आजको बैठकमा अध्यक्ष महामन्त्रीले पेस गरेको सांगाठानिक र कोषाध्यक्षले पेस गरेको आर्थिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।   

अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विदेशी इशारामा चल्न थाले पछि सरकार छाड्नु परेको जनाउनुभएकाे छ  ।