काठमाडौँ-नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बिहीबार पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग आज पनि बयान लिइने भएको छ ।
सोमबारबाट विषय केन्द्रित सुरु भएको बयान आज पनि लिन लागिएको हो ।
खाणले ‘मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुन समय लागेपछि सोमबारबाट मात्रै बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।
मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले गृहमन्त्रीको हैसियतमा खाणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैयाँ दिएको बयान दिएका थिए । त्यसपछि खाण पनि सो प्रकरणमा तानिएका हुन् ।
साथै, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको बयान दिएपछि खाणलाई पक्राउ गरी हिरासतमा लिइएको हो ।






प्रतिक्रिया