काठमाडौँ-रेशम चौधरी लगायतविरुद्धको कर्तव्यज्यान मुद्दामा आज सुनुवाइ हुनेछ । हिजो चौधरीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो ।
न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा हिजो सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सुनुवाइ सकिएमा आजै फैसला आउने बताइएको छ । कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दामा रेशम चौधरीसहित ११ जनालाई कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो ।
थरुहटको आन्दोलनका क्रममा ०७२ भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठजनाको हत्या भएको थियो । सो मुद्दामा कैलाली जिल्ला अदालतले ११ र उच्च अदालत दिपायलले आठजनालाई जन्मकैदको फैसला सुनाएको थियो ।






प्रतिक्रिया