काठमाडौँ-ज्येष्ठ सदस्यको सभापतित्वमा संसदीय समितिका बैठक सुरु भएका छन् । संसदीय समितिअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सिंहदरबारमा सुरु भएको हो ।
निर्वाचन सम्पन्न भएको पाँच महिनापछि आजबाट संसदीय समितिको बैठक सुरु भएको छ । समितिहरूको सभापति चयन भई नसकेकाले ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक सुरु गरिएको हो । लेखा समितिका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीको सभापतित्वमा बैठक प्रारम्भ भएको छ ।
त्यसैगरी पूर्वाधार विकास समितिको बैठक पनि सुरु भएको छ । समितिका ज्येष्ठ सदस्य नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीको सभापतित्वमा बैठक सुरु भएको हो ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका ज्येष्ठ सदस्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद रणेन्द्र बराइलीको सभापतित्वमा बैठक बसेको छ । आजैबाट अन्य समितिका बैठक बस्दैछन् । संयुक्त २ र विषयगत १० गरी १२ वटा समितिहरू छन् ।






प्रतिक्रिया