अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री रोजगार कार्यक्रम नरोक्न उपमहासचिव रिमालको आग्रह 

प्रधानमन्त्री रोजगार कार्यक्रम नरोक्न उपमहासचिव रिमालको आग्रह 


काठमाडौँ-नेकपा एमालेका उपमहासचिव विष्णुरिमालले प्रधानमन्त्री रोजगार कार्यक्रम नरोक्न आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमले नागरिकको रोजगारीको हक सुनिश्चित गरेको भन्दै नरोक्न आग्रह गर्नुभएको हो । 

‘प्रधानमन्त्री रोजगार कार्यक्रम नरोकौं ! यो आर्थिक वर्षमा ४०९,६९५ घरधुरीका ७ लाख ८ हजार २४५ बेरोजगार सूचिकृत भए । सरकारको डाटामै देखिन्छ-राज्यले १८ हजार १९७ आयोजना मार्फत १ करोड २२ लाख १५ हजार ८२१ श्रमदिन सिर्जना गर्‍यो । १ लाख ६५ हजार ९८० लाई रोजगारीमा संलग्न गरायो’, उपमहासचिव रिमालले लेख्नुभएको छ,’यस कार्यक्रमले संविधानको धारा ३३ अनुरुप प्रत्येक नेपाली नागरिकको रोजगारीको हक सुनिश्चित गरी ‘काम बेगरको भत्ता हैन, केही न केही काम गराएर एकसय दिनको रोजगारी’को ग्यारेन्टी गरेको छ ।’ 

कार्यक्रम अहिले हटाउने सुनिएको भन्दै उहाँले यसलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन प्रतिपक्षीको हैसियतले सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो ।  

‘नियुक्ति र बाँडफाँडमा मात्र के छलफल गर्नु, जनतालाई रोजगारी दिने र उत्पादनशील बाटोमा हिँडाउने विषयमा पनि छलफल गरौँ न !’, उहाँले लेख्नुभएको छ, ‘सोचौं है ! ‘नजानेको भए नाच्न सिकौं’, कृपया आँगनलाई ‘टेढो’ भन्ने गल्ती नगरौं ।’