काठमाडौँ-नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रुपैयाँ ३८ पैसा र बिक्री दर १३१ रुपैयाँ ९८ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ २९ पैसा र बिक्री दर १६५ रुपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।







प्रतिक्रिया