अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते आउने

सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते आउने


काठमाडौँ-सरकारले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने भएको छ ।  

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीचको भेटवार्तामा जेठ ५ मा नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने सहमति भएको हो ।  

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संसद्, बजेट र नीति तथा कार्यक्रमबारे छलफल भएको थियो । 

प्रधानमन्त्रीले जेठ ४ गते सांसदहरूसँग प्रश्नोत्तर गरेर ५ गते  नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सभामुख घिमिरेलाई जानकारी गराउनुभएको जनाइएको छ ।