अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौँ – भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।

हरेक १५ दिनमा  मूल्य घटबढ गर्ने नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच सहमति छ। जस अनुसार आज (१६ तारिख) नयाँ मूल्य आएको हो।

नयाँ मूल्य अनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ। त्यस्तै, डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।

हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ।