अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेशमलाई थप १५ वर्ष जेलमा राख्ने फैसलापछि नागरिक उन्मुक्ति पार्टीको विरोध

रेशमलाई थप १५ वर्ष जेलमा राख्ने फैसलापछि नागरिक उन्मुक्ति पार्टीको विरोध


काठमाडौं- सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीले विरोध प्रदर्शन गरेको छ।
सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पार्टीका केही नेता–कार्यकर्ताहरूले विरोध जनाएका हुन्।
उनीहरूले मंगलबार साँझ माईतीघर मण्डलामा भेला भइ सर्वोच्चको फैसलाप्रति बिरोध जनाएका हुन्।

प्रदर्शनका क्रममा बोल्दा नागरिक उन्मुक्तिकी केन्द्रिय सदस्य एलिजा गौतमसहितका कार्यकर्ता माइतीघर पुगेका थिए। उनीहरूले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको र तत्काल रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका छन्।