अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जननेता मदन भण्डारीको आज ३० औं स्मृति दिवश : एमालेले बल्खुमा विशेष कार्यक्रम गर्ने

जननेता मदन भण्डारीको आज ३० औं स्मृति दिवश : एमालेले बल्खुमा विशेष कार्यक्रम गर्ने


काठमाडौं -जननेता मदन भण्डारीको ३० औं स्मृति दिवश आज मदननगर बल्खुमा विशेष कार्यक्रम गरेर नेकपा एमालेले मनाउदैछ ।
अध्यक्ष केपी शर्मा ओलीले विहान ७.४५ बजे त्यहाँ आयोजना हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यलयले जनाएको छ ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको जीप दुर्घटनामा मृत्यू भएको थियो । उक्त दुर्घटना हालसम्म पनि रहष्य मै छ ।
मदन स्मृति दिवशका अवसरमा एमाले वा गैह्र एमालेका नेता कार्यकर्ताहरुले भण्डारीसँग खिचेका तस्विरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्न अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ । मदनको स्मृतिलाई ताजा बनाउन मदनसँग म एमालेका नेता कार्यकर्ताले त्यस्ता तस्विरहरु सार्वजनिक गरिरहेका छन् ।