काठमाडौँ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको बैठक आज सकिँदैछ ।
आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको जवाफ दिनुहुनेछ ।
अध्यक्ष लिङ्देनले पेस गरेको राजनीतिक प्रतिवेदन उपाध्यक्ष हेमजङ गुरुङको सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले सङ्गठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको आर्थिक सम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेको धारणाको जवाफ दिइने जनाइएको छ ।
हिजोको बैठकमा सबै केन्द्रीय सदस्यहरूले ३–३ मिनेटमा आफ्नो धारणा राखेका थिए । अध्यक्षको प्रतिवेदनको केही बुँदाहरु संशोधन गर्नुपर्ने केन्द्रीय सदस्यहरूको धारणा रहेको थियो ।






प्रतिक्रिया