काठमाडौं – सर्वोच्चले आफूलाई १५ वर्षको जेल सजाँयलाई यथावत राख्ने फैसला सुनाएको भोलिपल्टै नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाउनुभएको छ । ।
सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सरकारलाई दिएको समर्थनमा पुनविर्चार गर्न नेताहरुलाई कारगारमा भेट्न बोलाएको हुन सक्ने नेताहरुले आशंका गरेका छन् । सरकारलाई समर्थन दिनेबेलामा चौधरीलाई रिहा गर्ने माओवादी काँग्रेसले आश्वासन दिएका थिए । सोही आश्वासनका आधारमा चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था तथा सहकारी मन्त्री हुनुहुन्छ । तर सर्वोच्चको हिजाको फैसलासँगै नागरिक उन्मुक्ति पार्टी भित्र खैलाबैला मच्चिएको छ । उनीहरुले सत्तापक्षबाट आफूहरुले ठूलो धोका पाएको अभिव्यक्ति दिन थालेका छन् ।
पार्टीका महासचिव रतन थापाका अनुसार सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न बिहान १० बजे डिल्ली बजार कारागार बोलाएकको बताए ।
‘फैसला आएपछि उहाँले हामीलाई बोलाउनुभएको छ । १० बजे नेताहरु कारागार जाने कुरा छ,’ थापाले भन्नुभयो, ‘त्यो छलफलपछि सर्वोच्चको फैसला सम्बन्धमा धारणा आउँछ होला ।’






प्रतिक्रिया