अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारीलाई यसरी सम्झिँदैछन् एमाले नेताहरु 

मदन भण्डारीलाई यसरी सम्झिँदैछन् एमाले नेताहरु 


काठमाडौँ-जननेता मदन भण्डारीको ३० औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा एमालेले मदननगर बल्खुसहित देशभरका पार्टी कार्यालयमा कार्यक्रम गरेर मदन भण्डारीको स्मृति दिवस मनाउँदै छन् । 

यस्तै एमालेका नेताहरूले मदन भण्डारीलाई सम्झिरहनुभएको छ । उहाँहरूले सामाजिक सञ्जालमा मदनसँगको फोटो पोष्ट गर्दै सम्झिरहनुभएको छ । कतिपय नेताहरूले श्रद्धाञ्जली दिएर सम्झिरहेका छन् । 

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जीप दुर्घटनामा मृत्यु भएको थियो । 

उक्त दुर्घटनाको स्मरणमा मदन९आश्रित स्मृति दिवस मनाइने गरिएको छ । मदन भण्डारीले अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयाँ कम्युनिस्ट मान्यता स्थापित गराऊ सफल हुनुभएको थियो । 

 ‘जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रूपमा मदन भण्डारीलाई कम्युनिस्ट आन्दोलनको इतिहासमा सम्झिइन्छ । उक्त सिद्धान्त प्रतिवादन गरेपछि भण्डारीलाई अमेरिकन मिडियाहरूले जीवित ‘कार्ल मार्क्स’भनेर संसारभर चिनाउने प्रयास गरेका थिए । उहाँको सिद्धान्त पछि विश्वका कम्युनिस्टहरू ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट श्रमजीवी वर्गको सत्ता स्थापनाका लागि लाग्नु पर्छ भनेर प्रेरित भएको बताइएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदन स्मृति दिवसका अवसरमा एमाले वा गैह्र एमालेका नेता कार्यकर्ताहरूलाई मदन भण्डारीसँग खिचेका तस्बिरहरू सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्न आग्रह गर्नुभएको छ । मदनको स्मृतिलाई ताजा बनाउन एमाले नेताहरूले मदनसँग म तस्बिरहरू सार्वजनिक गरिरहनुभएको छ ।

एमाले महासचिव शंकर पोखरेलले मदन भण्डारीसँगको तस्बिर सार्वजनिक गर्दै सम्झिनुभएको छ । यस्तै उपमहासचिव विष्णु रिमाल, प्रदीप ज्ञवाली लगायतका नेताहरूले मदन भण्डारीसँगको पुराना तस्बिर सार्वजनिक गर्दै सम्झिनुभएको छ ।