अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको विचार सही, संगठन व्यापक छ : अध्यक्ष ओली  

एमालेको विचार सही, संगठन व्यापक छ : अध्यक्ष ओली  


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विचार सही र संगठन व्यापक रहेको बताउनुभएको छ । आज पार्टीले आयोजना गरेको मदन-आश्रित स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले विचार सही र संगठन बलियो भएकाले एमाले जस्तो सुकै चुनौतीको पनि सामना गर्न तयार रहेको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘हामी चुनौतीको सामना गर्न तयार छौं । विचार सही, संगठन व्यापक छ । केही संगठनात्मक सढ्ीकरण गर्नुपर्ने छ ।’ 

विरोधिहरु संयन्त्र ढंगले अगाडि बढेको बन्दै अध्यक्ष ओलीले नयाँ नेपाल, खुसी नेपाली, समृद्धि नेपाल एमालेले पुरा गर्नुपर्ने बताउनुभयो । मदन भण्डारीका सपना पुरा गर्न सबैले लाग्नुपर्ने उहाँले बताउनुभयो । उहाँले पार्टीका नेताहरूको सही सपना पुरा गर्नुपर्ने बताउनुभयो । 

‘आफ्ना नेताका सही सपना, देश बनाउने सपना पुरा गर्ने हाम्रो काँधमा छ’, उहाँले भन्नुभयो,’देश, हाम्रा सन्ततिसँग जोडिएका सपना पुरा गर्नुपर्छ ।’ 

उमेश गिरीले मदन भण्डारीको हत्या गर्न एक नेताले आफूलाई लगाएको बनेको भन्दै अध्यक्ष ओलीले सोही अनुसार सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्नुभयो । एमालेले लिएको विचार सही रहेको भन्दै उहाँले नेता तथा कार्यकर्तालाई आत्मविश्वास र उच्च मनोबल कायम राख्न आग्रह गर्नुभयो ।