अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिपको ठक्करबाट बालकको मृत्यु

जिपको ठक्करबाट बालकको मृत्यु


मकवानपुर–मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ ।