काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यबिहीन गठबन्धन भएको बताउनु भएको छ ।
बुधबार काठमाडौंमा मदन-आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
अध्यक्ष ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने स्थितिमा पुगेको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रुपमा लिइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ, मानिसहरुको लिन खोजिरहेका छन्, खासगरी सत्ताधारीहरुले, सत्ताधारी गठबन्धनले त्यो दुःखद् कुरा हो। देशको परिस्थिति अत्यन्त गम्भीर छ। अत्यन्त जटिल छ। कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा। कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो । देश यस्तो गम्भीर परिस्थितिमा छ। एउटा लामो इतिहास बोकेको कांग्रेस किंकर्तव्यबिमुढ भएको छ। भोलि कहाँ जाने केही थाहा छैन, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन।’






प्रतिक्रिया