काठमाडौं-नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने चेतावनी दिएको छ।
सो पार्टीका संरक्षक रेशम चौधरीलाई जिल्ला अदालतले तोकेको जन्मकैद फैसलालाई सर्वोच्च अदालतले सदर गरेसँगै नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने तयारी गरेको हो।
नागरिक उन्मुक्ति पार्टीले तीन दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनीसमेत उक्त पार्टीले दिएको छ।
रेशम चौधरी २०७४ साल फागुनदेखि काठमाडौंको डिल्लीबजारस्थिर सदरखोरमा हुनुहुन्छ।
जिल्ला र उच्च अदालतको फैसलाअनुसार उहाँ अझै १४ वर्ष थुनामा बस्नुपर्नेछ। नागरिक उन्मुक्ति पार्टीकी नेतृ रञ्जिता श्रेष्ठ सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुनुहुन्छ।






प्रतिक्रिया