अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनको घोषणा

रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनको घोषणा


काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएको छ। सो पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो।

पत्रकार सम्मेलनमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो पार्टीले कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको छ।

उक्त पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बुधबार एक वक्तव्य निकाल्दै अन्य सबै आन्दोलनलाई राजनीतिक ट्याग दिँदा थरुहट आन्दोलनको घटनालाई आपराधिक ठहर गरिएकोमा आपत्ति जनाउनु भएको छ।