विराटनगर-मोरङमा नेकपा एमालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३०औं स्मृति दिवस मनाइएको छ।
आज मदन भण्डारी फाउन्डेसन र एमाले जिल्ला कमिटी मोरङको आयोजनामा पार्टी कार्यालयमा मदन-आश्रितको तस्बिरमा माल्यार्पण गरिएको हो।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य लालबाबु पण्डित, प्रदेश अध्यक्ष तुलसी न्यौपाने, केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाल, रामलाल शाहलगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।
२०५० साल जेठ ३ गते चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको मृत्यु भएको थियो ।







प्रतिक्रिया