अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशीका उपनेता रानामाथि आक्रमणप्रति एमालेको ध्यानाकर्षण

एमाले कोशीका उपनेता रानामाथि आक्रमणप्रति एमालेको ध्यानाकर्षण


काठमाडौं – नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम रानाको गाडीमा ढुंगामुढा गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कोशी प्रदेश एमाले संसदीय दलका उपनेता समेत रहेका रानालाई आज इलामको माङ्सेवुङ गाउँपालिकामा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा जाँदै गर्दा वडा-३ घर्तीदोभान नजिकै उहाँको गाडीमाथि ढुंगामुढा भएकोप्रति एमालेले भर्सना गर्दै हिंसात्मक गतिविधि गर्ने समूहमाथि कानूनी कारबाहीको माग गरेको छ।

घटनामा संलग्नलाई तुरुन्तै पक्राउ गरी कारबाहीको माग गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टद्वारा विज्ञप्तिमा भनिएको छ।

कोशी प्रेदशको नामकरणका विषयमा असन्तुष्ट समूहले रानामाथि ढुंगामुढा गरेका थिए । त्यसक्रममा उहाँ चढेको गाडीको सीसा फुटेको थियो।