अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक आज : सांसदले प्रश्न सोध्ने, प्रधानमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभा बैठक आज : सांसदले प्रश्न सोध्ने, प्रधानमन्त्रीले जवाफ दिने


काठमाडौँ-प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज बिहान ११ बजे संघीय संसद् भवन बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटों बैठक बस्न लागेको हो । 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच पहिलो पटक सवाल-जवाफ हुने संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । 

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार  प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ । 

यस्तै प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।