अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले असारदेखि नियमित स्कुल सञ्चालन गर्ने

एमालेले असारदेखि नियमित स्कुल सञ्चालन गर्ने


काठमाडौँ-नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले आगामी असारदेखि नियमित स्कुल सञ्चालन गर्ने भएको छ । 

पार्टीका उपमहासचिव तथा विभागका प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा हिजो बसेको बैठकले असारदेखि स्कुल सञ्चालन गर्ने निर्णय गरेको हो । 

बैठकले आधारभूत तहमा वैचारिक प्रशिक्षणका लागि पाठ्य सामग्री तयार गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव पेम्वा लामाले बताउनुभयो । 

पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) का क्रममा कार्यकर्तालाई राजनीतिक तथा वैचारिक प्रशिक्षणको आवश्यकता महसुस गरी एमालेको गत वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले उच्च, मध्यम र आधारभूत तहको प्रशिक्षण चलाउने र त्यसका लागि स्कुल विभागले पाठ्यक्रम बनाउने निर्णय गरेको थियो । 

स्कुल विभागले गत वर्षदेखि नै स्कुल (प्रशिक्षण) सञ्चालन गर्दै आएको छ । संसदीय निर्वाचन र पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटका कारण रोकिएको स्कुल असारदेखि पुनः सञ्चालन गर्न लागिएको हो ।