काठमाडौँ । नेकपा एमालेले स्थानीय तहका प्रमुख र उपप्रमुखहरूलाई प्रशिक्षण दिने भएको छ । एमालेले काठमाडौँमा स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिन लागेको हो ।
एमालेको स्कुल विभागले यही जेठ ११ र १२ गते हुने स्थानीय तहका प्रमुख तथा उपप्रमुखको कार्यशालाको तयारी गरिरहेको छ । विभागले कार्यशालाको सहजीकरण गरिरहेको एमाले केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव पेम्वा लामाले बताउनुभयो ।
उक्त कार्यशालामा बजेटका प्राथमिकता निर्धारणका विषयमा विज्ञहरूबाट प्रशिक्षण दिइने सचिव लामाले बताउनुभयो । कार्यशालामा पार्टीबाट निर्वाचित देशभरका पालिका प्रमुख तथा उपप्रमुखको सहभागिता हुने छ ।
स्थानीय तहले असार १० गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।







प्रतिक्रिया