अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लडाकु शिविरमा भ्रष्टाचार भएको प्रमाणित भए जेल जान तयार छु: प्रधानमन्त्री प्रचण्ड

लडाकु शिविरमा भ्रष्टाचार भएको प्रमाणित भए जेल जान तयार छु: प्रधानमन्त्री प्रचण्ड


काठमाडाैं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकु शिविर (क्यान्टोनमेन्ट) मा भ्रष्टाचार भएकाे भन्ने कुरा कपाेकल्पित र पूर्वाग्राही भएकाे दाबी गर्नुभएकाे छ।

आज बसेकाे प्रतिनिधि सभा बैठकमा राप्रपाका सांसद् ज्ञानेन्द्र शाहीले साेधेकाे प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस काण्डमा भ्रष्टाचार गरेकाे पुष्टि भए आफू जेल जान तयार रहेकाे बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘क्यान्टाेन्मेन्टकाे कुरा कपाेकल्पित र पूर्वाग्राही छ र फेरिपनि कसैले दिएकाे उजुरीकाे आधारमा छानबिन गरिए म आफैं जेल जान तयार रहेकाे जानकारी गराउँछु।’

८ हजार ४६० लडाकुका नाममा ब्यापक भ्रष्टाचार भयाे भन्नु गलत भएकाे पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे। यसलाई राजनीतिक पूर्वाग्राहका रुपमा ल्याउने गरिएकाे भन्दै उहाँले यसमा छानबिन गर्न आफू तयार रहेकाे बताउनुभयाे ।