अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज, राष्ट्रपति  पौडेलले प्रस्तुत गर्ने

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज, राष्ट्रपति  पौडेलले प्रस्तुत गर्ने


काठमाडौँ-सरकारको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको हो ।  

प्रतिनिधिसभाको हिजोको बैठकमा सभामुख देवराज घिमिरेले आज दिउँसो ३ः४५ बजे सम्पूर्ण सांसदलाई निर्धारण गरिएका पोसाकमा उपस्थित हुन् निर्देशन दिनुभएको थियो ।  

यस्तै प्रतिनिधिसभाको हिजोको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७८/७९’ पेस गर्नुभएको हो ।  

प्रतिनिधिसभाको बैठक पनि आजै साँझ ६ बजे बस्ने कार्यसूची छ ।