अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 एमाले अध्यक्ष ओलीले स्थानीय तह कर्मचारीलाई  प्रशिक्षण दिनुहुने

 एमाले अध्यक्ष ओलीले स्थानीय तह कर्मचारीलाई  प्रशिक्षण दिनुहुने


काठमाडौँ-स्थानीय तह कर्मचारी संघले एक दिवसीय प्रशिक्षण गर्ने भएको छ । संघले आज स्थानीय तहका कर्मचारीहरूका लागि  एक दिवसीय प्रशिक्षण कार्यक्रम गर्न लागेको हो । 

‘सुशासन (पारदर्शिता, उत्तरदायी, जबाफदेही, भ्रष्टाचारमा शून्य सहनशीलता, इमानदारता) गुणस्तरीय सेवा प्रवाह, सामाजिक सुरक्षा’ विषयमा स्थानीय तहका कर्मचारीहरूको एक दिवसीय प्रशिक्षण कार्यक्रम गर्न लागिएको संघका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार प्रशिक्षण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हुनेछ ।