अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभा बैठक बस्दै

सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभा बैठक बस्दै


काठमाडौँ – सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभाको बैठक बस्ने भएको छ । बैठक आज  दिउँसो १ बजे बस्ने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे प्रस्तुत गर्नुहुनेछ ।  सो बैठकमा ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०७५ संशोधन मस्यौदा समिति’ गठन सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यक्रम रहेको छ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली–२०७५ संशोधन मस्यौदा समितिमा राष्ट्रिय सभा सदस्यहरूको मनोनयनसहित समिति’ गठन सम्बन्धी प्रस्तावलाई गोपीबहादुर सार्की आछामीले प्रस्तुत गर्ने छन् । 

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनकुमार बस्नेतले ‘कोभिड ११९ संकट  व्यवस्थापन विधेयक २०७८ फिर्ता लिने अनुमतिको प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।