रुपन्देही-नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पूर्व मन्त्री हिराचन्द्र केसीसहित दाङको पार्टी कमिटी नेकपा एमालेमा समाहित हुने तयारीमा छन् ।
एमाले लुम्बिनी प्रदेश कमिटीका अनुसार एकीकृत समाजवादीका अधिकांश नेताकार्यकर्ताहरु एमालेमा समाहित हुते तयारीमा रहेका छन् ।
एमालेका अनुसार केन्द्रीय सचिव भागवत विश्वासी, पूर्वस्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, नेतृ शारदा स्वर्णकार, जिल्ला अध्यक्ष सुरामणि बेलवासे, सचिव डिल्ली डाँगीसहित अधिकांश नेताकार्यकर्ताहरु एमालेमा समाहित हुने तयारीमा छन् ।
एकीकृत समाजवादीबाट एमालेमा प्रवेश गर्न लागेका नेताहरुलाई स्वागत गर्न महासचिव शंकर पोखरेल आज दाङ जान लाग्नुभएकाे छ ।






प्रतिक्रिया