काठमाडौँ – विद्यार्थीलाई लक्षित गरी जेठ ३२ गते बिहीबारदेखि असार ३ गते आइतबारसम्म शैक्षिक मेला हुने भएको छ। एसईई परीक्षा दिएर कक्षा-११ मा भर्नाको तयारीमा रहेका र कक्षा १२ को परीक्षा दिएर उच्च शिक्षाको पखाईमा रहेका विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला हुने लागेको हो।
मेलामा विद्यार्थीलाई पढ्ने विषय/संकाय, पाठ्यक्रम, शैक्षिक संस्था, भर्ना, शुल्क, छात्रवृत्तिलगायत विविध जानकारी दिइने आयोजक उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ (हिसान)ले जनाएको छ।
शैक्षिक मेलाको आठौं संस्करण ‘कान्तिपुर हिसान एडुफेयर’ काठमाडौंको भृकुटीमण्डपमा हुनेछ। बुधबार कान्तिपुर पब्लिकेसन्सका सिइओ महेश स्वाँर र हिसान अध्यक्ष रमेश सिलवालले एडुफेयर सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
चार दिन चल्ने मेलामा धेरैभन्दा धेरै विद्यार्थी जुटाएर उनीहरुले चाहेको शैक्षिक जानकारी उपलब्ध गराउन मेला आयोजना गरिएको सिईओ स्वाँरले बताउनु भयो । अध्यक्ष सिलवालले मेलामा आएर एक सयभन्दा बढी शैक्षिक संस्थाबारे विद्यार्थी र अभिभावकले एकै ठाउँबाट चाहेको जानकारी प्राप्त गर्नसक्ने बताउनु भयो।
‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ शैक्षिक मेला आयोजना हुन लागेको हो । कक्षा ११ र स्नातक तहमा भर्नाको तयारीमा रहेका विद्यार्थीलाई नेपालमा कस्ता/कस्ता शिक्षण संस्था छन्, के–के विषयमा पढाइ हुन्छ ? पाठ्यक्रम कस्तो छ भनेर शिक्षकहरुबाटै मेलामा अन्तर्क्रिया गराइने हिसान अध्यक्ष सिलवालले बताउनु भयो।
प्रतिक्रिया