अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको नीति तथा कार्यक्रममा चार दिन छलफल हुने

सरकारको नीति तथा कार्यक्रममा चार दिन छलफल हुने


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन टेबल भएपछि सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गर्नुभयो । उक्त प्रस्ताव सर्वसम्म‍तिले पारित भएको छ ।
अब प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि जेठ ७, ८, ९ र ११ गते छलफल हुने छ । छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम छ ।

सांसदहरूले नीति तथा कार्यक्रममा संशोधन राख्न चाहे भोली बिहान ११ बजेदेखि २ बजेभित्र नाम दर्ता गराउनुपर्ने छ ।