काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारको नीति तथा कार्यक्रम अनावश्यक ढंगको लामो र पट्यारलाग्दो भएको बताउनुभएको छ ।
अधिकांश पुरानै नीति र कार्यक्रमको कपिपेष्ट गरि शब्द र सन्दर्भ तलमाथी पारिएको भन्दै थापाले नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने कार्यक्रमको पुलिन्दा भएको समेत टिप्पणी गर्नुभयो।
थापाले संकटग्रस्त अर्थतन्त्र सुधार वारे कुनै ठोस नीति नभएको भन्दै सनातन धर्म संस्कृति संरक्षणमा प्रतिवद्धताको अभाव भएको बताए।
रोजगारी सिर्जनामा ओठे प्रतिवद्धता मात्र भएको कुनै भरपर्दो नीति कार्यक्रम नदेखिएको भन्दै उनले विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्ने नीतिलाई भने सकारात्मक रुपमा लिनुपर्ने सामाजिक सञ्जाल मार्फत बताउनुभएको छ ।
भ्रष्टाचार निवारणमा ठोस नीतिगत एवं संरचनात्मक सुधार नआएको भन्दै उनले शिक्षा,स्वास्थ्य क्षेत्रमा लगानी बढाउने नीतिलाई भने राम्रो मान्न सकिने टिप्पणी गर्नुभएको छ
‘अतिक्रमित नेपाली भूमी फिर्ता ल्याउने वारे ठोस संकल्प नभएको नीति तथा कार्यक्रमहरु कार्यान्वयन हुन नसकेको वारे वस्तुगत समिक्षा र सुधारको प्रतिवद्धता नभएको हुँदा जति भनिएको छ, त्यो पनि कार्यान्वयन हुने संभावना र विश्वास गर्ने आधार देखिदैन,’ थापाले फेसबुकमा लेख्नु भएको छ ।






प्रतिक्रिया