विराटनगर – सरकार गठन भएको करिब ६ महिनापछि कोशी प्रदेश योजना आयोगमा उपाध्यक्ष नियुक्त गरिएको छ । कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा त्रिभूवन विश्वविद्यालयका पूर्व रजिष्टार डिल्लीराम उप्रेती नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले अर्थशास्त्र विषयका प्रध्यापक डिल्लीराम उप्रेतीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उप्रेती झापाका बासिन्दा हुनुहुन्छ ।
यस्तै बैठकले विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई पोशाक सुविधा प्रदान गर्ने सम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।






प्रतिक्रिया