अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटमा एक पुरुषको हत्या

रौतहटमा एक पुरुषको हत्या


काठमाडौं – रौतहटमा एक जना पुरुषको हत्या भएको छ ।

गौर नगरपालिका(७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक,एसपी वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।
एसपी बुढामगरका अनुसार राति १० बजेतिर घर नजिकै खान र छिमेकी शेख साविरबीच सामान्य विवाद भएको थियो । त्यस क्रममा साविरले खानको बायाँ छातीमा छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते खानलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको एसपी बुढामगरले बताउनुयभो ।
छुरा प्रहारमा संलग्न साविरलगायत दुईजना फरार भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको एसपी मगरले जानकारी दिनुभयो ।