काठमाडौं -नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघले प्रदेश नं १ को नाम कोशी मान्नुको विकल्प नभएको जनाएको छ ।
महांघका अध्यक्ष पासाङ शेर्पा र इन्चार्ज गोकुल घर्तीले एक विज्ञप्ती जारी गरेर कोशी प्रदेशको नाम सबै जातजातीको पहिचान खुल्ने गरी हुनु पर्दछ भन्ने मागलाई महासंघले उच्च सम्मान गर्ने जनाएको छ । तर तत्कालिन तत्कालिन प्रदेश १ को प्रदेशसभाको संसदीय गणितका आधारमा नेकपा एमाले,नेपाली काँग्रेस,माओवादी केन्द्र लगायतका दलको साझा सहमतिमा कोशी नाम राखिएको पुनस्मरण गराएको छ ।
कोशी प्रदेशसभाका करिब ९० प्रतिशत साँसदहरुले हस्ताक्षर गरेर नामाकरण गरेपनि अहिले आक्रमणको निशाना एमालेलाई मात्र बनाएकोमा महासंघले आपत्ती प्रकट गरेको छ । ‘कोशी प्रदेशको नामांकन गर्ने काम नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राप्रपा लगायतका दलको सहमतीमा भएको सर्वविधितै छ ’ महासंघले भनेको ‘तर प्रदेशको नाम परिवर्तनको माग राखी जारी रहेको आन्दोलन नेकपा एमालेप्रति मात्र लक्षित रहेको हुँदा महासंघको यस्तो गतिविधीको घोर विरोध गर्दछ । ’
आदिवासी आन्दोलनका नाममा कुनै अमुक दललाई पछ्याइ पछ्याइ आक्रमण गर्नु आन्दोलनकै बेइज्जत भएकोले यस्तो कार्यलय आदिवासी एकतामा समेत खलल पुर्याउने उल्लेख गरिएको छ ।


विज्ञप्तीमा आफ्नै सहमतीमा कोशी नाम राख्न प्रदेशसभामा मतदान गर्ने काँग्रेस,माओवादी लगायतका दललाई पनि आम जनता समक्ष जिम्मेवार ढंगले प्रष्तुत हुन आग्रह गरिएको छ ।
हेर्नुहोस विज्ञप्तीमा उठाइएका अन्य विषयहरु






प्रतिक्रिया