काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा रास्वपाले एक्लै सरकार चलाउने गरी बहुमत ल्याउने बताउनु भएको छ।
आज काभ्रेमा भएको पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले आगामी निर्वाचनमा पार्टीले एक्लै सरकार चलाउने गरी बहुमत ल्याउने बताउनु भएको हो।
उहाँले भन्नुभयो, ‘२०८४ मा आफैँले सरकार चलाउने गरी बहुमत ल्याउँछौँ। हामीलाई एक पटक मौका दिनुस्। कुनै भ्रष्टलाई पार्टीमा ठाउँ छैन्। तर, एक पटक मौका दिनूस्। आउने निर्वाचनमा जमानत जफत भएकाहरू विजयी भएर आउनुहुनेछ।’






प्रतिक्रिया