अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बानेश्वरमा एमाले संसदीय दलको बैठक बस्दै

बानेश्वरमा एमाले संसदीय दलको बैठक बस्दै


काठमाडौँ – नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ।

आज दिउँसो २ बजेदेखि संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा हुने बैठकमा पार्टीका संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ।

सरकारले शुक्रवार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमबारे संसदमा एमालेले खेल्ने भूमिकाका बारेमा बैठकमा छलफल हुनेछ।

भोलिदेखि सुरु हुने नीति तथा कार्यक्रमबारे सदनमा कसरी प्रस्तुत हुने सन्दर्भमा संसदीय दलको बैठक बस्न लागेको एमाले जनाएको छ।

आगामी आर्थिक वर्षका लागि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि भोलिदेखि दलगत आधारमा प्रतिनिधि सभामा छलफल हुँदै छ।