अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका केन्द्रीय सचिव भागवत विश्वासीसहित एमालेमा प्रवेश

नेकपा एसका केन्द्रीय सचिव भागवत विश्वासीसहित एमालेमा प्रवेश


दाङ – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासीसहित दाङका नेताहरू एमालेमा प्रवेश गरेका छन्।

उहाँहरूलाई एमालेका महासचिव शंकर पोखरेलले आज तुलसीपुरमा पार्टी प्रवेश गराउनु भयो।

सचिव विश्वासीसँगै नेकपा एसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, सचिव डिल्ली डाँगी र उपसचिव जानका रेग्मी सहितका नेताहरू एमालेमा फर्किएका हुन् ।

जिल्ला कमिटीका अधिकांश सदस्य पनि एमालेमा फर्किएका छन् । दाङमा नेकपा एसका केन्द्रीय कमिटीका पोलिटब्यूरो सदस्य एवं प्रमुख सचेतक मेटमणि चौधरी, केन्द्रीय सदस्य अनारकली मियाँ र जोगबहादुर राना मात्रै समाजवादीमा रहने भएका छन् ।