अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीति तथा कार्यक्रममाथि आइतबार संसद बैठकको सुरुमा अध्यक्ष ओलीले धारणा राख्ने

नीति तथा कार्यक्रममाथि आइतबार संसद बैठकको सुरुमा अध्यक्ष ओलीले धारणा राख्ने


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार (७ जेठ) को प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ।

आज बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुराको जानकारी गराउनु भएको हो।

सरकारले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुअघि ओलीले संसदमा आफ्नो धारणा राख्न लागेको बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हिजो प्रस्तुत भएको र भोलिबाट छलफल सुरु हुने नीति तथा कार्यक्रमको बारेमा संसद बैठकको प्रारम्भमा नै मैले धारणा राख्नेछु ।’

पार्टी संसदीय दलको तर्फबाट नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राख्ने उहाँले बताउनु भयो।