अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो नीति तथा कार्यक्रम आयो: अध्यक्ष ओली

नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो नीति तथा कार्यक्रम आयो: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले कुनै कुरालाई सम्बोधन गर्न नसक्ने बताउनु भएको छ।

सरकारले शुक्रवार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले बताउनु भयो।

अध्धयक्ष ओलीले भन्नुभयो, ‘पञ्चवर्षीय योजना भनेको पाँचवटा नीति तथा कार्यक्रम पाँच वटा बजेट हो। तर, त्यसतिर छुवाएकै छैन। त्यसतिर अर्थ राखेको छैन। हामी अर्को पञ्चवर्षीय योजनामा कसरी प्रवेश गर्छौं भन्ने कुरा आउनुपर्ने हो। तर, यो यस कोणबाट हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो छ। विभिन्न ठाउँमा लिइएको छ। अघि उहाँले भन्नुभयो हामीले राखेको कार्यक्रम पनि राख्नुभएको रहेछ भनेर त्यो राख्या हैन परेको। त्यो चिट चोर्ने बेलामा परेको हो। राख्ने खालको परिस्थिति नै छैन।’

नीति तथा कार्यक्रममा राजनीति अस्थिरता, अन्यौलता र अराजकताको बारेमा कुनै चिन्ता नभएको ओलीको भनाई छ। 

‘नीति नै छैन नि यसमा। नीतिमाथि कुनै छलफल नै छैन। यो हाम्रो डेस्टिनेशन हो, यसबाटोबाट जाने हो, भनेर नीति तथा कार्यक्रम आउनुपर्ने हो,’ ओलीले भन्नुभयो, ‘त्यसले काम पनि गर्नसक्थ्यो। यो त नजानेर बेग्लै कुरा हो, सबै राम्रा शब्दहरू राख्न खोजिएको छ।’