अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजश्व चुवावटमा सरकार गम्भीर बनोस्: जुली महतो

राजश्व चुवावटमा सरकार गम्भीर बनोस्: जुली महतो


काठमाडौं – नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले राजश्व चुवावट भएको ठाउँमा सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ।  

आज सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो।

‘चुहावट भएको ठाउँमा नीति, ऐन, कानूनमा गम्भीर हुनुपर्छ। बेथिति भएको अवस्थामा हामीले अवस्था बदल्नेगरी काम गर्न जरुरी छ,’ उहाँले भन्नुभयो, ‘सबै चिन्तित भएर जानुपर्छ।’

सांसद महतोले राजश्वमा विचौलियाको खेल रोक्न डिजिटल प्रणालीमा जानुपर्ने बताउनु भयो। उहाँले परम्परागत बजेट ल्याएर वर्तमान अर्थतन्त्रको समस्या समाधान नहुने धारणा राख्नुभयो ।