अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शुन्य समयमा बोल्न पाउनुपर्ने माग गर्दै एमालेले घेर्यो सुदुरपश्चिम प्रदेशसभा

शुन्य समयमा बोल्न पाउनुपर्ने माग गर्दै एमालेले घेर्यो सुदुरपश्चिम प्रदेशसभा


काठमाडौं -शुन्य समयमा बोल्न पाउनु पर्ने माग गर्दै आज नेकपा एमालेले सुदुरपश्चिम प्रदेशसभा घेराउ गरेको छ ।
आज बसेको प्रदेशसभा बैठकमा सबैले शून्य समयमा बोल्न पाउनुपर्ने भएपनि सभामुखले बोल्न नदिएर संसदीय मर्यादा मिचेको भन्दै एमालेले विरोध गरेको हो।
विशेष समय वा शून्य समय भन्ने प्रष्टता नदिएको भन्दै एमाले सांसदहरूले प्रदेशसभाको वेल घेराउ गरेका थिए।

एमालेले रोस्ट्रम घेराउ गरेपछि सभामुख भीमबहादुर भण्डारीले केहीबेरका लागि प्रदेशसभाको बैठक स्थगित गरेका थिए।

अहिले पुनः सुदूरपश्चिम प्रदेशसभा जारी छ।