काठमाडौं-आज देशका चारवटा प्रदेशमा चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले अहिले विहान जारी गरेको बुलेटिनका अनुसार कोशी,बागमती,गण्डकी र मधेस प्रदेशका केही भूभागमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
दिउसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ।
यसैगरी राती देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ् सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया