अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीति कार्यक्रम माथी छलफल गर्न प्रतिनिधीसभाको बैठक आज ११ बजे

नीति कार्यक्रम माथी छलफल गर्न प्रतिनिधीसभाको बैठक आज ११ बजे


काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०-८१ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ुसम्माननीय राष्ट्रपति महोदयले २०८० जठे ५ गते शक्रुबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८०-०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्ु भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

बैठकम नीति तथा कार्यक्रममाथि सांसद्हरुबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभामा जेठ ७, ८, ९, १० र ११ गतेसम्म नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । छलफलमा सांसद्ले उठाएका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल प्रचण्डले जवाफ दिनुहुनेछ ।

राष्ट्रपति पौडेलले वैशाख ५ गते संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।