काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम र अन्य समसामयिक राजनीतिक विषयमा संसदमा धारणा सावर्जनिक गर्दै हुनुहुन्छ ।
आजबाट सुरु हुने सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै अध्यक्ष ओलीले विविध विषयमा आफ्ना धारणा राख्ने तयारी गरेको उहाँको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीले गत ४ गते संसदमा शरणार्थी प्रकरणका बारेमा आफ्ना धारणा राख्ने तय भए पनि स्वास्थ्यका कारण संसद बैठकमा उपस्थित हुन नसक्दा सम्भव भएको थिएन ।






प्रतिक्रिया