अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले पत्रपत्रिकाको रकम कटौती गर्दा मौसमी स्वतन्त्रता सेनानीहरु कहाँ छन् ? : बास्कोटा

सरकारले पत्रपत्रिकाको रकम कटौती गर्दा मौसमी स्वतन्त्रता सेनानीहरु कहाँ छन् ? : बास्कोटा


काठमाडौं -नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवं पूर्व सुञ्चार मन्त्री गोकुल बास्कोटाले सरकारले पत्रपत्रिकाले पाउँदै गरेको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेकोमा चुपचाप रहेका मौसमी स्वतन्त्रता सेनानीहरु कहाँ छन् भनेर सोध्नु भएको छ ।
सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले ओली सरकारले लोककल्याणकारी विज्ञापनमा २५ प्रतिशत रकम थप गरिदिएकोमा गठबन्धन सरकारले २० प्रतिशत कटौती गरेको उल्लेख गर्नुभएको छ । ओली सरकार माथी तानाशाही लादियो भन्दै माइतीघर देखि तीनटोलियासम्म छाती पिटेर रुने मिसनेहरु आज कहाँ छन् भनेर बास्कोटाले खोजी गर्नुभएको छ । पत्रपत्रिकाले पाउने २० प्रतिशत रकम कटौती हुँदा ति मौसमीहरु हाँदै छन् कि रुंदै होलान् भने उनीहरुको हालबखर जान्न चाहेको उल्लेख गर्नुभएको छ ।
सरकारले विज्ञापन बोर्ड मार्फत वितरण गर्ने लोककल्याणकारी विज्ञापनमा एक्कासी कटौती गरेको छ । अर्थ मन्त्रालयले विज्ञापन बोर्डलाई पत्रपत्रिकाका लागि उपलब्ध गराउनु पर्ने रकम मध्ये २ करोड ४६ लाख ७१ हजार १ सय ३६ रुपैंया कटौती गरेको छ । यो रकम कटौती हुने संकेत पाएपछि विज्ञापन बोर्ड सुचना तथा सञ्चार मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा रकम माग गरेर पत्र पठाएको थियो । यसैगरी पत्रकार महासंघ,प्रेस चौतारी नेपाल,नेपाल प्रेस यूनियन र प्रेस सेन्टर नेपाल लगायतका पत्रकारका संस्थासँग परामर्श पनि गरेको थियो ।
विज्ञापन बोर्डसँगको बैठकपछि महासंघका अध्यक्ष विपुल पोखरेल,चौतारीका अध्यक्षण गणेश बस्नेत,यूनियनका अध्यक्ष शिव लम्साल,सेन्टरका अध्यक्ष विष्णु सापकोटा लगायतले अर्थमन्त्री प्रकाश शरण महतलाई भेटेर समस्याको जानकारी गराएका थिए । एक हप्ता अघि मन्त्रालय गएको सञ्चार सम्बद्ध टोलीलाई मन्त्री महतले मिडियाको रकम नरोक्ने प्रतिवद्धता जनाए पनि हालसम्म रकम नपठाएपछि विज्ञापन बोर्ड जेठ १५ गतेपछि लोककल्याणकारी विज्ञापन नछाप्न पत्रपत्रिकाको नाममा पत्र पठाएको छ ।