अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खाना पकाउने ग्यासलाई घाममा नराख्न सुझाव

खाना पकाउने ग्यासलाई घाममा नराख्न सुझाव


काठमाडौं – खाना पकाउने एलपी ग्यास अति प्रज्वलनशील पदार्थ हो । यसको प्रयोग गर्दा उच्च सावधानी अपनाउनुपर्छ ।

सम्भावित जोखिमबाट जोगिन ग्यास भरिएको सिलिन्डरलाई घामपानी, धुलो र उच्च ताप आउने स्थानमा राख्न नहुने नेपाल ग्यासले जनाएको छ ।
नेपाल ग्यासका अनुसार एलपी ग्यास हावाभन्दा भारी हुन्छ । त्यसैले चुहावट भएको खण्डमा ग्यास भुईंमा जम्मा हुने गर्छ ।
यस्तै, सिलिन्डरमाथि कुनै पनि किसिमको भाँडा, कपडालगायत सामग्री राख्न हुँदैन ।

सिलिन्डरमा सधैँ एनएस र बीआईएस चिह्न भएको गुणस्तरीय रबर ट्युबको प्रयोग गर्नुपर्छ । हरेक दुई वर्षमा त्यो रबर ट्युब फेर्नुपर्ने नेपाल ग्यासले जनाएको छ ।