दमक -नेकपा एमालेकी युवा नेतृ नेत्रकुमारी धिमालको क्यान्स रोगका कारण निधन भएको छ ।
एकवर्ष देखि स्तन क्यान्सरबाट पिडित धिमालको विपि कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको थियो । पछिल्लो पटक करिब तीन हप्ता अघि धिमाललाई उपचारका लागि अस्पताल लगिएको केन्द्रीय सचिवालयल सदस्य जानकारी दिनुभयो । ३३ वर्षीय नेत्र कुमारी धिमाल जातीय विकास केन्द्रको केन्द्रीय सचिवालय सदस्य हुनुहुन्थ्यो । धिमालका श्रीमान् र तीनवर्षकी छोरी छन् ।
लामो समय देखि नेकपा एमालेमा कृयाशिल धिमाल हाल नगर कमिटी सदस्य हुनुहुन्थ्यो ।
नेत्रकुमारी केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उहाँको स्वकीय सचिवालयलमा काम गर्नुभएको थियो ।





प्रतिक्रिया